महिला हिंसाविरुद्ध सचेतना जगाउन वर्ल्डलिंकको ‘पोडकास्ट’ अभियान

काठमाडौ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत महिला हिंसाविरुद्ध सचेतना जगाउन ‘पोडकास्ट’ अभियान चलाएको छ । ‘अरेञ्ज द वर्ल्ड’ नामक सो अभियान अन्तर्गत पूर्व मिस नेपाल सुगारिका केसीले विभिन्न क्षेत्रमा नाम कमाएका दस (१०) महिलालाई समेटेर ती महिलाको संघर्ष र हिंसाविरुद्धको अभियानमा उनीहरुको भूमिकाबारे ६ वटा पोडकास्ट निर्माण गरेकी थिइन् । […]