शान्ति प्रक्रियाको कामलाई सरकारले प्राथमिकतामा नराखेको सभामुखको टिप्पणी

७ फागुन, काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारले शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता दिने कार्यलाई प्राथमिकतामा नराखेको टिप्पणी गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आइतबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगको बाट सम्पादन गर्नुपर्ने कामहरुलाई प्राथमिकतामा नराखेको टिप्पणी गरेका हुन् । सत्य […]