काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विकास, समृद्धि र सुशासनतर्फ लैजान एनआरएनएको रणनीतिक भूमिका र दायित्वमा जोड दिएका छन् । एनआरएनएको ११औँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालीमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्न आग्रह गरे । उनले भने, ‘तपाईँहरू बसोबास गरेको मुलुकका लगानीकर्तालाई पनि नेपालमा लगानी गर्न अभिप्रेरित गर्नुहोस् । देशको आन्तरिक क्षेत्रमा लगानी […]