पोखरा : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल बन्ने दाबी गरेका छन्। शुक्रवार नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यलय पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त भनाई राखेका हुन्।
'७४ सालको चुनावमा हाम्रो अवस्था कस्तो थियो हामीले बुझ्नुपर्छ। हामीले पार्टीभित्रको एकता र उत्साह कायम राख्न सके…