धान रोप्न ढिलाइ

मनसुनसँगै सुरु भएको बाढीपहिरोका कारण यसपालि धान रोपाइँमा ढिलाइ भएको छ । कृषि मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार हालसम्म ७६.४४ प्रतिशत मात्र रोपाइँ भएको छ जब कि गत वर्ष यतिबेला ८१.८५ प्रतिशत धान रापाइँ भइसकेको थियो । तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा धान रोपाइँ सकिएको छ । त्यस्तै सुदूरपश्चिममा ९०.७१ प्रतिशत, लुम्बनी प्रदेशमा ८६.९४ प्रतिशत, बागम

सम्बन्धित सामग्री

व्यापारीले भनेकै मूल्यमा किसान धान बिक्री गर्न बाध्य

कैलाली– कैलालीका किसानले यस वर्षको धान बिक्री सुरु गरेका छन् । उनीहरु धान बेचेर हिउँदे खेतीका लागि खर्च जोहो गर्ने गर्दछन् ।सरकारले तोकेको मूल्य नपाउँदा पनि किसानले धान बेच्नुपर्ने बाध्यता छ ।  नेपाल खाद्य संस्थानले धान खरिदमा ढिलाइ गर्दा किसानले स्थानीय व्यापारीसँग उनीहरूले भनेकै मूल्यमा धान बिक्री गर्नुपरेको गुनासो गरेका छन् ।  ‘सरकारले तोकेको मूल्यमा […]

मकवानपुरमा ९० प्रतिशत मात्रै धान रोपाइँ

मकवानपुरमा अहिलेसम्म जम्मा ९० प्रतिशत मात्रै धान रोपाइँ भएको छ। कृषि विकास निर्देशनालय बागमती प्रदेशका अनुसार मकवानपुरमा यसवर्ष धान रोपाइँमा गतवर्षभन्दा केही ढिलाइ भएको हो। निर्देशनालयका कृषि अर्थ विज्ञ रामहरी तिमल्सिनाका अनुसार...

आधा असार सकिंदा २२ प्रतिशत मात्रै धान रोपाइँ

१९ असार, काठमाडौं । समयमै पानी नपर्दा धान रोपाइँमा ढिलाइ भएको छ । कृषि विभागकाअनुसार यस वर्ष आधा असार सकिंदा धान रोपाइँ गत वर्षको तुलनामा आधाभन्दा बढीले घटेको छ । यो वर्ष सरकारले १४ लाख ९५ हजार ८८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरेको छ । तर, १७ असारसम्म देशभर कुल ३ लाख २९ […]

खाद्य कम्पनीले किसानको धान खरिद गर्ने

काठमाडौँ,१३ पुष । सिरहाका किसानले धान थन्क्याएको करिब एक महिनाभन्दा बढी समय बितिसकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लहानले धान खरिद प्रक्रिया अगाडि बढाउने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गरी यही पुस १७ गतेदेखि किसानको धान खरिद गर्ने जनाएको हो । कम्पनीले धान खरिद प्रक्रिया ढिलाइ गरेपछि यहाँका किसानको गुनासो बढ्दै […]

खाद्य कम्पनीले किसानको धान खरिद गर्ने

लहान– सिरहाका किसानले धान थन्क्याएको करिब एक महिनाभन्दा बढी समय बितिसकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लहानले धान खरिद प्रक्रिया अगाडि बढाउने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गरी यही पुस १७ गतेदेखि किसानको धान खरिद गर्ने जनाएको हो । कम्पनीले धान खरिद प्रक्रिया ढिलाइ गरेपछि यहाँका किसानको गुनासो बढ्दै गएको थियो […]

बाँकेमा पाँच प्रतिशत मात्र रोपाइँ

बाँके जिल्लामा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ। वर्षात सुरु हुन ढिलो हुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको हो।...

मनसुन समयमै भित्रिए पनि मल अभावले देशभर ९३ प्रतिशत भूभागमा रोपाइँ हुन ढिलाइ

यस वर्ष समयमै मनसुन भित्रिए पनि मल अभावको कारण धान रोपाइँमा ढिलाइ भइरहेको छ । कतिपय पहाडी जिल्लामा १५ जेठबाटै रोपाइँ सुरु हुने गर्छ । तर, असारको दोस्रो साता सुरु भइसक्दा पनि...

खाद्य कम्पनीद्वारा समर्थन मूल्यमा धान किन्न ढिलाइ

काठमाडौं । सरकारले तोकेको समर्थन मूल्यमा धान किन्ने जिम्मा पाएको सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समर्थन मूल्यमा धान किन्न ढिला गरेको छ । धान किन्न बजेट स्वीकृत हुन ढिलो भएपछि समर्थन मूल्यमा धान किन्न ढिलाइ भएको हो । चालू आर्थिक वर्षका लागि खाद्यले ३० हजार मेट्रिकटन धान किन्ने लक्ष्य राखेको भए पनि बजेट स्वीकृत नभएको कारण देखाउँदै समयमै धान किन्न शुरू गर्न नसक्दा बाढीबाट प्रभावित किसान झनै मर्कामा परेका छन् । खाद्यले धान किन्न ढिलाइ गरेपछि अधिकांश किसानले हिउँदे बालीका लागि रासायनिक मलको जोहो गर्न स्थानीय व्यापारीलाई समर्थन मूल्यभन्दा कम मूल्यमा धान विक्री बाध्य छन् । सरकारले चालू आर्थिक वर्षका लागि मोटा धान प्रतिक्वीन्टल २७ सय २५ र मध्यम धानको प्रतिक्वीन्टल २९ सय २ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ । सरकारी कम्पनीको उदासीनताका कारण समर्थन मूल्यमा धान किन्न ढिलाइ भएपछि व्यापारीहरूले त्यसको फाइदा उठाउँदै किसानसँग मनपरी रूपमा कम मूल्यमा धान किन्न थालेका हुन् । यतिबेला बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, रूपन्देहीलगायत अधिकांश जिल्लाका किसान समर्थन मूल्यभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएका हुन् । बर्दियाको राजापुरस्थित खाद्य कम्पनीको मुख्य शाखा कार्यालयमा यतिबेला धान किन्ने बारेमा कुनै सुरसार छैन । तर, शाखा बाहिर व्यापारीहरूले किसानसँग प्रतिक्वीन्टल १८ सय देखि २५ सय रुपैयाँसम्ममा धान किनिरहेको राजापुर धान सुपरजोनका संयोजक अग्नि अर्यालले आर्थिक अभियान दैनिकलाई जानकारी दिए । उनका अनुसार व्यापारीहरूले बाढीका कारण धान भिजेको भन्दै किसानसँग समर्थन मूल्यभन्दा आधा कम मूल्यमा धान किनिरहेका छन् । ‘सरकारको काम समर्थन मूल्य तोक्ने मात्र होइन, समयमै धान किन्न पनि शुरू गर्नुपर्‍यो । किसानले रगत पसिना बगाएर उब्जाएको धानको उचित मूल्य नपाउनु दुखद कुरा हो । यसप्रति चाँडो सम्बद्ध निकायको ध्यान जानु आवश्यक छ,’ उनले भने । खाद्य कम्पनीले भने धान किन्न कहिलेदेखि शुरू हुन्छ भन्न सकिने अवस्था नरहेको जानकारी दिएको छ । खाद्य कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले धान किन्न कहिलेदेखि शुरू हुन्छ भनेर ठ्याक्कै भन्न सकिने अवस्था नरहेको बताइन् । बजेट स्वीकृत नहुनु त एकातिर छँदै छ अर्कातिर कुन स्तरको धान किन्ने भन्ने बारेमा समेत मापदण्ड तयार भइनसकेको उनले बताइन् । उनका अनुसार खाद्यले धान किनेपछि चामल उत्पादन गरेर लामो समय मौज्दात राख्ने र विस्तारै विक्री गर्दै जाने भएकाले अन्तरराष्ट्रिय मापदण्डअनुसार धानको स्तर परीक्षण गरेर मात्र धान किन्न शुरू हुन्छ । खाद्यले १८ प्रतिशतसम्म चिस्यान भएको धान मात्र किन्ने गर्छ । ‘यद्यपि यस वर्ष बेमौसमी वर्षात्का कारण धान बिग्रिएकाले हाम्रो मापदण्डअनुरूपको धान बजारमा आउँछ आउँदैन भन्ने पनि डर छ,’ उनले भनिन् । खाद्यले कहिलेदेखि धान किन्न शुरू गर्छ भन्ने यकिन नभए पनि जतिसक्दो चाँडो किन्न शुरू गर्नका लागि प्रयास भइरहेको उनको दाबी छ ।

धान उत्पादनको पकेट क्षेत्रमै रोपाइँ प्रभावित

५ साउन, काठमाडौं । प्रदेश दुईमा यो वर्ष असार महीनाभर कुल क्षेत्रफलको जम्मा ६८.५४ प्रतिशत भूभागमा मात्रै रोपाइँ भएको छ । नेपालमा धान उत्पादनको करिब एक तिहाइ क्षेत्र ओगट्ने प्रदेशमा गत वर्षभन्दा धान रोपाइँमा १४.८७ प्रतिशतले ढिलाइ भएको कृषि विभागले जनाएको छ । विभागका सूचना अधिकारी डा.महादेव पौडेलकाअनुसार प्रदेश दुईमा धान रोपाइँमा भएको यस्तो ढिलाइ […]

सडक कालोपत्रे नभएपछि हिलाम्मे सडकमा स्थानीयले रोपे धान

धनगढी। धनगढी उपमहानगरपालिका–५ को हसनपुर–शिवनगर सडक हिलाम्मे भएपछि स्थानीयले सडकमा धान रोपेका छन्। उपमहानगरपालिकाले उक्त सडक पिच गर्ने भनेर भत्काए पनि काम अगाडि बढाउन ढिलाइ गर्दा वर्षामा समस्या भोग्नुपरेको स्थानीय बताउँछन्। स्थानीय अनिल भण्डारीले तीन वर्षअघि ठेकेदारले कालोपत्रे सडक भत्काएर अलपत्र पारेपछि नगरपालिकालाई पटक–पटक अनुरोध गर्दासमेत सनुवाई नभएपछि विरोधस्वरुप धान रोपेको बताए।