आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रित चहलपहल बढेको छ । चुनावी जोडघटाउमा दलका सम्भावित उमेद्वारहरु लागिरहेका छन् । देशका ६ वटा महानगरपालिकामध्ये विराटनगर पनि महत्वपूर्ण महानगर हो । यसको मत परिणाम र चुनावी दाउपेचले केन्द्रीय राजनीतिलाई पनि आकर्षित गरिरहेको हुन्छ ।विराटनगर महानगरपालिकामा ०७४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतको आधारमा काँग्रेसको मत १६ हजार ७ सय ६६ थियो । यस्तै, एमालेको १६ हजार २ सय १८ र संघीय समाजवादी फोरमको मत लगभग ११ हजार थियो । तर, मेयर पदमा प्रति