नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुले विभिन्न माग राख्दै गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार अनेरास्ववियुले जनतालाई चाडपर्वको बेलामा राहत दिने निर्णय गर्न, सार्वजनिक सवारी साधनमा अघिल्लो सरकारले बढाएको २८ प्रतिशत भाडा घटाउन, विद्यार्थीलाई सार्वजनिक सवारी साधनमा ४५ प्रतिशत दिने व्यवस्थालाई निरन्तरता दिन, मूल्यवृद्धि रोक्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा गएको टोलीले गृहमन्त्