गुल्मीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका २ ज्यामी ढुसेनी बस्ने २३ वर्षीया मन्जु बिकको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको हो ।आफ्नै घरको बिजुलीको प्लगमा होल्डर सहितको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचारको क्रममा मृत्यु भएको हो ।घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।