बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गरिबलाई गरिखाने वातावरण बनाउने किसिमको ल्याइने बताएका छन् । आजदेखि सुरु भएको बागमती प्रदेशसभाको वर्षे अधिवेशनमा मुख्यमन्त्री बानियाँले गणतन्त्र गरिबको व्यवस्था भएकाले गरिबलाई गरिखाने किसिमको नीति, कार्यक्रम र बजेट ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। प्रदेश सरकारले गरिब, किसानको पक्षमा आगामी […]
१८ खर्बको बजेटमा अहिले पनि ३ खर्बमाथि खर्च सार्वजनिक ऋण भुक्तानीमै गइरहेको अवस्था छ । त्यस कारण यो ऋण लिने सन्दर्भमा एकदम होसियार हुनुपर्ने आवश्यकता छ ।
स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । सोमबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा मन्त्रालयका सचिव डा। विकास देवकोटाले यससम्बन्धी जानकारी दिएका हुन् । बैठकमा जानकारी दिँदै सचिव देवकोटाले हालसम्म मन्त्रालयको कुल बेरुजुमध्ये करिब साढे ४ प्रतिशत बेरुजु फर्स्यौट भइसकेको […]
काउन्सिलले जारी गरेको विज्ञप्तिमा नेपाल सरकार (स्वास्थ्य मन्त्रीस्तर) बाट स्वीकृत ‘पीजी मेडिकल एजुकेसन रेगुनलेसन-२०१७’ अनुसार सामान्यतया रेजिडेन्टलाई हप्तामा बढीमा दुई पटक मात्र २४ घण्टाको ड्युटीमा खटाउन सकिने व्यवस्था रहेको स्मरण गराइएको छ। सो व्यवस्थाविपरीत लगातार लामो ड्युटी लगाउनु उपयुक्त नहुने काउन्सिलको भनाइ छ।
काठमाडौं– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि १२७ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्यका १४ बुँदा समेटिएका छन् । १. सुरक्षित मातृत्व अभियानलाई निरन्तरता दिइनेछ । दुर्गम स्थानका गर्भवती तथा सुत्केरी आमाहरूको जटिलताको व्यवस्थापनका लागि निःशुल्क एम्बुलेन्स तथा […]