राज्यकोषबाट उपचार खर्च लिने सरकार प्रमुख र नेताको लामो सूची देखिएको छ ।
हुने खाने र ठूलाबडाले समेत राष्ट्रिय ढुकुटीबाट उपचार खर्च लिएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा भने अपवाद देखिएका छन् ।
सरकारको रेकर्डमा देउवाले उपचार खर्चको नाममा अहिलेसम्म कुनै सुविधा लिएको देखिएको छैन ।
राष्ट्रिय ढुकुटीबाट विदेशमा उपचार गर्नेमा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्रीदेखि प्रधानन्यायाधीशसम्मको लामै सूची छ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले उपचार खर्च बापत एक करोड ४० लाख रुपैयाँ लिएका थिए ।&...