जब इन्स्पेक्टरले वकीटकीबाटै हातखुट्टा भाँचेर लखेट्ने कुरा गरे...

‘मैले भीडलाई वार्निङ गरेको छु, मानेनन् भने म हातखुट्टा भाँचेर लखेट्छु ।’ केही समय पहिले काठमाडौँ प्रहरीको रेडियो सेट (वकीटकी)मा एकाएक यस्तो आवाज सुनियो । यो प्रहरीले बोल्ने सामान्य भाषाभन्दा फरक थियो । कन्ट्रोलमा बसेका प्रहरी लगायत अन्यले पनि यस्तो फरक शैलीको भाषा वकीटकीबाटै सुने । इन्स्पेक्टर आक्रोशित हुनुको कारण पनि खोजे ।तर त्यहाँ न भीड भड्किएको थियो, न अन्य केही असामान्य अवस्था नै आएको थियो । तर प्रहरी अधिकारीबाटै यस्तो असामान्य कुरा आएपछि कन्ट्रोल रुमले ती प्रहरी अधिकारीलाई