पपुवा न्यु गिनीमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प

पपुवा न्यु गिनीमा आज बिहान ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प बिहान केनान्तु सहर नजिकै गएको अमेरिकी भूगर्भ सर्वेक्षण विभाग (यूएसजीएस) ले जनाएको छ । प्रशान्त टापुकाे देश पपुवा न्युगिनीमा ठूलो भूकम्प गए पनि सुनामीको खतरा भने नरहेको उल्लेख छ । केही भागहरूमा विद्युत् कटौती र भवनहरूमा क्षति पुगेको भनिए पनि पूर्ण विवरण आउन बाँकी छ ।  

सम्बन्धित सामग्री

पपुवा न्यु गिनीमा ६ दशमलव २ म्याग्‍निच्युडको भूकम्प

पपुवा न्यु गिनी । पपुवा न्यु गिनीमा आइतबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेअनुसार आइतबार पपुवा