पुनर्निर्माण कार्यलाई तिव्रता दिन सरोकारवालालाई सिइओ भुसालको निर्देशन

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कतिपय गाँउपालिका तथा नगरपालिकाले भूकम्प पीडितलाई दोस्रो वा तेस्रो किस्ता रकम लिन जाँदा बनिसकेका घरको नक्सा सम्बन्धी विषयमा अफ्ठेरो पार्ने गरिएको गुनासो आएको भन्दै सहजीकरण गर्न निर्देशन दिएको छ । भूकम्पपछिको पुनर्निर्माणलाई तिव्रता दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आइतबार बोलाएको स्थानीय तहका प्रतिनिधि संघहरू तथा विभिन्न सरोकारवाला निकायसहितको बैठकले यस्तो निर्देशन दिएको हो।…