कञ्चनपुरमा कोरोनाको सङ्क्रमण घट्न थालेको छ । निषेधाज्ञाको प्रभावका कारण कोरोनाको सङ्क्रमण घटेको हो । सङ्क्रमित हुने बिरामीको सङ्ख्याभन्दा निको हुने बिरामीको सङ्ख्या बढ्दोरूपमा रहेको छ । मृत्यु हुने क्रममा समेत निकै कमी आएको छ । बिहीबार सङ्क्रमितको सङ्ख्या २३ रहेकामा निको भई घर फर्कनेको सङ्ख्या ५४ रहेको थियो । स्वास्थ्य कार्यालय कञ्चनपुरले उपलब्ध गराएको विवरणअनुसार जिल्लामा सक्रिय सङ्क्रमित ४८७ रहेका छन् । आइसोलेशनमा ११२ र होमआइसोलेशनमा रहेका बिरामीको सङ्ख्या ३७५ रहेको छ । हालसम्म पोजेट