काठमाडौं। देशमा कोरोना संक्रमण बढेपछि नेपाली सेनाले आज २०७२ सालपछि अवकास पाएका सेनाका स्वास्थ्यकर्मीलाई सेवामा फर्कनको लागि तयारी अवस्थामा रहन निर्देशन जारी गरेको छ। कति छन् त यस्ता स्वास्थ्यकर्मी? नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलकाअनुसार २०७२ सालपछि अवकास लिएका सेनाका स्वास्थ्यकर्मीको संख्या ३२० को हाराहारीमा छ। सेनामा अहिले सक्रिय स्वास्थ्यकर्मी २३ सयको हाराहारीमा छन्।