कोरोनाले रोकिएको फिल्म 'विच्छेद'को छायांकन सकियो

काठमाडौं : सत्यराज चौलागाईंको निर्देशनमा बन्दै गरेको फिल्म 'विच्छेद'को छायांकन सकिएको छ। मुकुन भुसाल र लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको फिल्मको छायांकन शनिबार सकिएको हो। ०७६ चैतदेखि सुरु भएको फिल्मको छायांकन कोरोनाका कारण रोकिएको थियो। अवस्था अनुकुल भएसँगै छायांकन सुरु गरिएको फिल्मको अन्तिम सिन शनिबार रामेछापमा गरिएको थियो। फिल्ममा मुकुन र लक्ष्मीबाहेक सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउँवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापालगायत कलाकारको अभिनय रहेको छ

सम्बन्धित सामग्री

प्रदर्शनकाे तयारीमा प्रतीक्षित नेपाली फिल्म

काठमाडौं : कोरोनाका कारण दुई वर्ष निष्क्रिय बनेको नेपाली फिल्म उद्योगले विस्तारै गति लिँदैछ। कोरोनाले फिल्म उद्योगलाई तत्कालिन असर त गर्‍यो नै साथै केही दीर्घकालीन असर पनि पार्ने देखिएको छ। जुन आगामी दिनमा निर्माण हुने फिल्ममा देखिनेछ।कोरोनाका कारण छायांकनमा जान नसकेका फिल्मले आफ्नो छायांकन पूरा गरेका छन्, केही छायांकनकै क्रममा छन् भने केही फिल्म फ्लोरमा जाने तयारीमा छन्। त्यस्तै कोरोनाका कारण प्रदर्शन हुन नसकेका फिल्म पनि धमाधम प्रदर्शनमा आइरहेका छन्। कोरोनापछि छायांकन गरिएको 'कबड्

कोरोनाले रोकेन फिल्म सुटिङ : दुई युनिट बनाएर ‘लाखे’ छायांकन धमाधम

काठमाडौँ । कोरोनाभाइरस तीव्ररुपले बढेपछि अहिले फिल्म हलहरु बन्द छन् तर स्वास्थ्य सावधानी अपनाउँदै छायांकन गतिविधि भने जारी छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाइने र सार्वजनिक ठाउँमा हिँड्दा खोप अनिवार्य लगाउनुपर्ने नियम ल्याएको छ । यस्तोमा कतिपय फिल्मको छायांकन भने स्थगित भएको छ । अनमोल केसीको फिल्म ”एक्स-नाइन’ र ‘सत्यम’सहितका केही फिल्मले […]

फिल्म : वास्तविक युद्ध–घटनामा आधारित भुजको कथा कस्तो छ ?

सबैकुरा ठीकठाक भएको भए, भुज : द प्राइड अफ इन्डिया सिनेमा घरहरुमा प्रदर्शन भइसकेका-भइरहेका हुन्थे । तर, कोरोनाको कारण यो चलचित्र पछि हट्नु प¥यो । सन् २०१९ मै यो चलचित्र निर्माणको लागि उद्घोष गरिएको थियो र २०२० सम्ममा ९० प्रतिशत छायांकन सम्पन्न भइसकोको थियो । तर, बीचमा कोरोनाले ‘भिलेन खेलिदियो ।’ अन्ततः यसलाई ओटीटी प्लेटफर्ममा […]