सिन्धुली अस्पताल घटना : तीन बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

मृतकका आफन्तले विरोधका कार्यक्रम फिर्ता लिएसँगै अस्पतालमा सेवा सुरु भएको छ। सहमति अनुसार घटनाका विषयमा छानबिन गर्न चार सदस्यीय समिति गठन हुने छ। समिति गठन गर्न प्रदेश स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिने सहमति पत्रमा उल्लेख छ।