काठमाण्डाै – पछिल्लो समय नयाँ राहदानी (पासपाेर्ट) लिनेहरूको सङ्ख्या बढ्दै गइरहेको छ । राहदानी विभागका अनुसार गएकाे जेठ महिनामा मात्रै एक लाख ४७ हजार जनाले राहदानी लिएका थिए । यसमध्ये ६३ प्रतिशतले नयाँ राहदानी लिएका छन् भने बाँकीले नवीकरण गराएका छन् ।
एकै महिनामा एक लाख ४७ हजारले राहदानी लिएको अहिलेसम्मकै यो उच्च भएको राहदानी विभागका प्रवक्ता एवम् निर्देशक दुरपदा सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार गएको चैतमा एक लाख ४२ हजार र वैशाखमा एक लाख २५ हजारले राहदानी लिएका थिए । जसमा राहदानी नवीकरण गर्ने ...