महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रश्नोत्तर सुचारु गर्ने समझदारी

काठमाडौँ – प्रतिनिधिसभा नियमावलीले व्यवस्था गरे पनि नियमित हुन नसकेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर सुचारु गर्ने सहमति भएको छ। आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रतिनिधिहरुबीच प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्नुपर्ने नियमावलीको व्यवस्थालाई कार्यान्वनय गर्ने सहमति भएको हो। अघिल्लो संसदकै नियमावलीमा प्रधानमन्त्रीले महिनाको पहिलो हप्ताको कुनै दिन एक घण्टा संसदमा उपस्थित भएर जवाफ दिने […]