‘टी–स्टेट’का जग्गा सट्टापट्टा गर्ने ओली सरकारको निर्णय खारेज गर्न प्रदेश सांसदको माग

विराटनगर । झापाको चिया बगानका करोडौँ मूल्य पर्ने जग्गा सट्टापट्टा गर्न रोक्नुपर्ने माग १ नम्बर प्रदेशसभामा उठेको छ । बिहीबारको प्रदेशसभा बैठकमा प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले अघिल्लो केन्द्र सरकारले गरेका जनविरोधी कामहरु सबै बदर गर्नुपर्ने भन्दै कौडीको मूल्य पर्ने जग्गामा साटफेर गर्ने काममा मिडिया मालिकसमेत लागेको दाबी गरे...