बालाजु २२ धारा मेला स्थगित

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन स्नान मेला लाग्ने बालाजु बाइस धारा मेला यस वर्षपनि स्थगन गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना तीव्ररुपमा फैलन थालेपछि मेला स्थगन गरिएको काठमाडौँ महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीको बेलुकी पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गरेका विशेषगरी तामाङ समुदायका भक्तजनले सो धारामा स्नान गर्न जाने परम्परा छ ।बौद्ध चैत्यमा बत्ती बालेका तामाङ समुदायका भक्तजन पूर्णिमाका द

सम्बन्धित सामग्री

बालाजु २२ धारामा यस्तो देखियो बौद्धमार्गी तामाङ समूदायको भिड

दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध चैत्य (स्तूप) परिसरमा शुक्रबार रातभर बत्ती बालेका बौद्ध धर्मावलम्बी तामाङ समुदाय आज बिहानैदेखि बालाजु २२ धारा लागेका छन्।  चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा आई पूजा गरेर दिवङ्गत पितृका नाममा बत्ती बाल्ने, पूर्णिमाका दिन बिहान बालाजु २२ धारामा गएर स्नान गरी नागार्जुनको जामाचो र स्वयम्भूमा…

बौद्धमा दिवङ्गत पितृका नाममा बत्ती बालेका भक्त लागे बालाजु

दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध चैत्य (स्तूप) परिसरमा शुक्रबार रातभर बत्ती बालेका बौद्ध धर्मावलम्बी तामाङ समुदाय आज बिहानैदेखि बालाजु २२ धारा लागेका छन् । चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा आई पूजा गरेर दिवङ्गत पितृका नाममा बत्ती बाल्ने, पूर्णिमाका दिन बिहान बालाजु २२ धारामा गएर स्नान गरी नागार्जुनको जामाचो र स्वयम्भूमा दर्शन गर्न जाने विधि प्राचीनकालदेखि चल्दै आएको छ । काठमाडौँ उपत्यकामा पानीको दह भएका बेला डाँडाडाँडामा रहेका बस्तीमै यस दिन दिवङ्गत पितृलाई सम्झने विधि प्रचलन