प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा बैठक समापन नभएसम्म मन्त्रिमण्डल हेरफेर नगर्ने भएका छन । नेकपा एकीकृत समाजवादीले मन्त्रिमण्डल हेरफेर गर्न निरन्तर दबाब दिए पनि बजेट अधिवेशन समापन भएपछि मात्रै मन्त्रिमण्डल हेरफेर गर्ने भएका हुन । ‘अहिले मलाई मन्त्रिमण्डल हेरफेर गर्दा समस्या आउँछ । प्रधानमन्त्रीले सबैलाई मन्त्री बनाउनु पर्छ भन्नेमा दबाब बढ्छ भन्नु भएको छ’, नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘उहाँको आन्तरिक समस्या देखाएर मन्त्रिमण्डल हेरफेर गर्न