समितिले टुंग्याउन सकेन काँग्रेसको क्रियाशील सदस्यता विवाद, बाँकी जिम्मा शीर्ष नेतालाई

काठमाडौं। नेपाली काँग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता विवाद टुंग्याउन असफल भएको छ। १२ साउनमा अधुरो प्रतिवेदन बुझाएपछि बुधबारको काँग्रेस पदाधिकारी बैठकले २४ घण्टाभित्र बाँकी विवाद मिलाउन प्रतिवेदन समितिलाई नै फिर्ता गरिदिएको थियो। बिहीबार समितिले प्रतिवेदन बुझाउँदै ५ दिनभित्र बाँकी विवाद शीर्ष नेता तहमै मिलाउनुपर्ने भएकाले उनीहरुलाई नै जिम्मा दिइएको समितिका संयोजक रमेश लेखकले बताए।