चीनबाट सतर्क हुँदै अरुणाचल प्रदेशमा ड्रोन तैनाथ गर्‍यो भारतले

पोहोर साल गलवानमा भएको हिंस्रक भिडन्तपछि भारत सतर्क भएको छ ।  त्यसपछि चीनसँगको वास्तविक नियन्त्रण रेखामा भारतले सेनाको तैनाथी बढाएको छ । अहिले अरुणाचल प्रदेश सेक्टरमा पनि भारतीय सेनाले दिनरात निगरानी गरिरहेको छ ।  निगरानीका लागि उसले ड्रोनहरू तैनाथ गरेको छ । इजरायलमा बनेको हेरोन ड्रोन त्यहाँ सञ्चालनमा ल्याइएको हो । मध्यम उचाइमा उड्ने र लामो समयसम्म उडिरहन सक्ने ड्रोनले विकट पहाडी क्षेत्रमा निगरानी गरिरहेको हो ।  ड्रोनले नियन्त्रण केन्द्रहरूलाई आवश्यक डेटा र तस्वीर पठाएको छ ।  ड्रोन बाहेक भ...