पहिरोले डुम्रे-बेँसीसहर र बेँसीसहर चामे सडक अवरुद्ध

अविरल वर्षाले आएको पहिरोले गएरातिदेखि डुम्रे-बेँसीसहर र बेँसीसहर चामे सडक  पुनः अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१ उदिपुरको देउराली डाँडा पहिरो र मस्र्याङ्दी गाउँपालिका-४ रामबजार पहिरोले बेँसीसहर चामे सडक अवरुद्ध भएको हो ।