काठमाण्डाै – सरकारले अमेरिकाबाट स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रस्ताव नआएको बताएकाे छ ।
एसपीपीको प्रस्तावबारे संसदमा सांसदहरुले सरकारको जवाफ मागेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अमेरिकाबाट कुनै प्रस्ताव नआएको प्रष्ट पार्नुभएकाे हाे । उहाँले सरकारको बदनाम गर्नका लागि सुनियोजित ढङ्गले एसपीपी सम्झौता गर्न लागेको लगायतका हल्ला चलाइएको पनि आरोप लगाउनुभयो ।
‘नेपाल सरकारले कुनै पनि स्टेट पार्टनरसिप प्रोग्रामका लागि निम्तो गरेको छैन । प्रस्ताव राखेको ...