मुसहर समुदायको ‘पान सौ टका’ छायाङ्कन हुँदै

मुसहर समुदायको पहिलो कथानक चलचित्र ‘पान सौ टका’ को छायाङ्कन सुरु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. २ मा आज एक कार्यक्रम आयोजना गरी चलचित्रको छायाङ्कन सुरु गरिएको हो । शिक्षाको अभावमा हुने बालविवाह, हिंसा र शोषण लगायतका विषयलाई उजागर गर्दै सशक्तीकरण गर्ने उद्देश्यका साथ चलचित्र निर्माण गर्न लागिएको हो । करिब १५ लाख रुपैयाँको लागतमा २ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी चलचित्रको छायाङ्कन सुरु गरिएको निर्माता तथा अभिनेता धर्मेन्द्र ऋषिदेवले बताए । उनले प्रदेश १ को मोरङ,