जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले प्रदेशबाट स्थानीय तहमा पठाउने बजेटमा प्रदेश सांसदहरूको होडबाजी चलेको दाबी गरे ।बुधबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रदेशबाट स्थानीय तहमा जाने बजेट प्रदेश सांसदहरूको आदेशमा होल्ड हुने गरेको बताए । […]