आईसीसी वरियतामा नेपाली खेलाडीको छलाङ

नेपालका तीन खेलाडीले अन्तर्रराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को बरियतामा आफूलाई उल्लेख्य सुधार गरेका छन्। आईसीसीले जारी गरेको टी–२० क्रिकेटको पछिल्लो बलिङ बरियतामा नेपालका सोमपाल कामीले २२ स्थान सुधार गर्दै ७० औं स्थानमा आइपुगेका छन्। यसअघि उनी ९२ औं स्थानमा थिए।