कलाकार सुप्रिया पाण्डेको एकल चित्रकला प्रदर्शनी ‘महिला हिंसाः भ्रूणदेखि घाट सम्म’ बिहीबारदेखि सुरु भएको छ । टिम नेपोको आयोजनामा भएको सो चित्रकला प्रदर्शनी नेपाल आर्ट काउन्सिल बबरमहलमा तीन दिनसम्म चल्नेछ ।
१६ वर्षीया पाण्डेले करिव २ वर्षदेखि ‘महिला हिंसाः भ्रुणदेखि घाटसम्म’ थिममा आर्ट गरेकी थिइन् भने कोरोनाको कारण रोकिएको यस चित्रकला प्रदर्शनीलाई आजदेखि प्रदर्शनमा राखिएको हो । पाण्डे जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेकी छोरी हुन् । सो अवसरमा डा पाण्डेले बालबालिकालाई अभिभावकले पर्याप्त स...