बैंक तथा वित्तीय संस्थाको निक्षेप ५५ खर्ब नाघ्यो

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप रकम ५५ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप रकम ५५ खर्ब नाघेको हो । यो रकम नेपालको अर्थतन्त्रको आकारभन्दा ठूलो हो ।