काठमाडौँ – न्यायपालिका र संवैधानिक निकायका पदाधिकारीले आफ्नो पदीय सीमा नाघेको अवस्थामा जनप्रतिनिधिहरुको थलो संसदले विरलै प्रयोग गर्ने ‘ब्रह्मास्त्र’ हो महाअभियोग। सामान्य अवस्थामा प्रयोग नगरिने संसदको विशेषाधिकारका रुपमा महाअभियोगलाई लिने गरिन्छ। लोकतान्त्रिक देशहरुमा महाअभियोग प्रयोगलाई असामान्य परिघटनाका रुपमा लिइन्छ। नेपालमा पनि संवैधानिक रुपमा ‘नेपाल सरकार वैधानिक कानुन २००४’ देखि नै कुनै न कुनै स्वरुपमा महाअभियोगको […]