तथ्यांकोवाच : रू. ३१ करोड १० लाख बराबरको कोदालो र साबेल आयात

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा रू. ३१ करोड १० लाख बराबरको कोदालो र साबेल आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा    कोदालो र साबेलको आयातमा औसत वार्षिक वृद्धिदर  १९ दशमलव ४४  प्रतिशत देखिन्छ । मुलुकमा आर्थिक गतिविधि बढ्दै जाँदा कोदालो र साबेलको मागमा पनि वृद्धि हुने गर्दछ । नेपालमा पनि हालका वर्षहरूमा कोदालो र साबेलको आयात उल्लेख्य मात्रामा हुने गरेको छ । यस आँकडाले मुलुकभित्र कोदालो र साबेल उत्पादन उद्योगको भविष्य उज्ज्वल रहेको संकेत गर्दछ । यस परिस्थितिलाई दृष्टिगत गर्दै सरकारले कोदालो र साबेल स्वदेशमै उत्पादन गर्ने वातावरण सृजना गर्नु आवश्यक छ ।