साफ यू–२० महिला च्याम्पियनसिप फुटबलअन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ । बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आइतबार भएको खेलमा नेपालले भूटानलाई ४-० गोल अन्तरले हराउँदै विजयी भएको हो । प्रतियोगितामा नेपालको यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको थियो । …