वर्तमान आर्थिक सङ्कट समाधान गर्ने रणनीति बनाउनुपर्छः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक सङ्कट समाधानको रणनीति बनाएर अघि बढनुपर्ने बताएका छन् । महासङ्घ ५७औँ वार्षिक साधारणसभाबाट अध्यक्षको पदभार सम्हालेका उनले मेलमिलाप केन्द्र सञ्चालन गर्ने निर्णयमा हस्ताक्षर गर्दै मुलुकको आर्थिक सङ्कट समाधान गर्ने रणनीति बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

सम्बन्धित सामग्री

आर्थिक सङ्कट समाधानमा सहकार्य जरुरी : महासङ्घ अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घले अहिलेको आर्थिक सङ्कट समाधानका लागि सहकार्यका गर्न विकास साझेदारसमक्ष आग्रह गर्नुभएको छ । समस्या समाधानका लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सृजना गर्ने प्रमुख प्राथमिकतामा सहकार्य गर्न उहाँले आग्रह गर्नुभयो । नेपालका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजक हाना सिङ्गरलाई महासङ्घ …

आर्थिक सङ्कट समाधानमा सहकार्य जरुरी : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले अहिलेको आर्थिक सङ्कट समाधानका लागि सहकार्य गर्न विकास साझेदारसमक्ष आग्रह गरेका छन्। समस्या समाधानका लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सृजना गर्ने प्रमुख प्राथमिकतामा सहकार्य गर्न उनले आग्रह गरे ।  नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिङ्गरलाई महासंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष ढकालले निजी क्षेत्र र विकास साझेदारबीच सहकार्य बढाउन आग्रह गरेका हुन ।  भेटवार्तामा दिगो विकासका लक्ष्य प्राप्ति र अतिकम विकसित मुलुकबाट स्तरोन्नतिबाट पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा छलफल भएको महासंघले जनाएको छ ।  साना तथा मझौला उद्योग व्यवसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनवटै तहका सरकारसँगको सहकार्यलगायतका विषयमा सहकार्य गर्नेबारे पनि छलफल भएको थियो ।  अध्यक्ष ढकालले महासंघको मुलुकभर बलियो सञ्जाल हुनुका साथै तल्लो तहसम्म पुग्न सक्ने संरचना भएकाले दिगो विकासका लक्ष्य पूरा गर्न महासंघ महत्वपूर्ण साझेदार हुनसक्ने बताए। आवासीय संयोजक हाना सिङ्गरले महासंघका अध्यक्षले राखेका विषयलाई आफूले महत्वका साथ लिएको बताए। उनले दिगो विकासका लक्ष्य र स्तरोन्नतिका विषयमा विशेष चासो राखेको थियो । दिगो विकासका लक्ष्य हासिलमा स्तरोन्नतिबाट पर्ने प्रभाव न्यूनीकरणका लागि महासंघको भूमिका प्रभावकारी हुने उनको भनाइ छ । स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार पार्ने क्रममा सरकार, निजी क्षेत्र र संयुक्त राष्ट्र संघले सहकार्य गर्न सक्ने उनले बताए। औपचारिक भेटमा संयुक्त राष्ट्रसंघ नेपाल कार्यालय र महासंघ सचिवालयका अधिकारीहरुको उपस्थिति थियो । -रासस