स्याउको बजार खोज्दै जुम्ली

जुम्लाका किसानले बगैंचामा प्रतिकिलो ५० रुपैयाँमा स्याउ बेचिरहेका छन् । त्यही स्याउ सुर्खेत, नेपालगन्ज र बुटवलतिर भने प्रतिकिलो ८५ रुपैयाँसम्म बिक्री भइरहेको छ । काठमाडौं आइपुग्दा जुम्लाको स्याउ प्रतिकिलो १६० देखि २५० रुपैयाँसम्म पर्छ । प्रतिकिलो ५० रुपैयाँमा स्याउ बेचिरहेका जुम्लास्थित श्रीढुस्काका रतन रावत अब भने आफैं व्यापार गर्ने तरखरमा छन् ।