विद्युतीय कार कम्पनी टेस्लाका सिइओ एलन मस्कले अमेजनका जेफ बेजोसलाई पछि पार्दै संसारका सबैभन्दा धनी व्यक्ति बनेका छन् । मस्कको कूल सम्पत्ति १८८ बिलियन अमेरिकी डलरभन्दा बढी छ जुन अमेजनका संस्थापक जेफ बेजोसको कूल सम्पत्ति १८७ बिलियन अमेरिकी डलरभन्दा एक बिलियन डलर बढी हो । संसारका सबैभन्दा धनी व्यक्तिले जीवनको संघर्षलाई झेल्दै कम बोल्दै बढी काम गरेका छन् । उनका जीवनबारे यति धेरै कुरा यस्ता छन् जुन प्रत्येक युवाले सिक्नुपर्छ । एलन मस्कको जन्म दक्षिण अफ्रिकामा भएको थियो । उनी १७ वर्षको उमेरमा क्य