चितवन राष्ट्रिय निकुञ्ज र हुलाकी राजमार्ग निर्देशनालयबीचको विवादले हुलाकी राजमार्ग निर्माणमा अवरोध भएको छ । काम नहुनुमा दुवै निकायले एकअर्कालाई आरोप लगाएपछि निर्माण अघि बढ्न नसकेको हो । निकुन्जले रूख काट्न अनुमति नदिँदा काम हुन नसकेको निर्देशनालयको योजना कार्यालय वीरगन्जको आरोप छ ।