नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बलियो बनाउन गठबन्धन भित्रबाट खेल भएको बताएका छन् । शुक्रबार काठमाडौंको शान्ति वाटिकामा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभामा उनले भने, ‘केपी ओली मुलुकको स्थिरताको कारक बन्नुभएको छ । ओलीलाई बलियो बनाउन गठबन्धनलाई कमजोर पार्ने काम भएको छ । हँसिया हथौडामा भोट हालिँदैन भनेर गठबन्धनलाई कमजोर बनाउने खेल भएको छ ।’ उनले नेपाली काँग्रेसका गठबन्धन विरोधी नेताहरुलाई संकिर्ण सोच त्याग्न आग्रह गरे । &