कपिलवस्तु १ : बलदेव र बलराममा को बलवान्?

कपिलवस्तु : प्रतिनिधिसभाअन्तर्गत कपिलवस्तु–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार चक्रपाणी खनाल (बलदेव) र एमालेका बलराम अधिकारीबीच चुनावी भिडन्त हुने देखिन्छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा पूर्वमन्त्रीसमेत रहेका चक्रपाणी खनाल (बलदेव) र नेकपा एमालेका जिल्ला इन्चार्ज एवं संविधानसभा सदस्य बलराम अधिकारीबीच मुख्यतः महाभिडन्त हुने देखिएको हो।तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा क्षेत्र नम्बर १ मा ‘हेबिवेट’ उम्मेदवार बलदेवलाई टक्कर दिन बलराम निर्वाचनमा होमिएका हुन् । कपिलवस