निर्वाचनको निष्पक्षतामै प्रश्न उठाउने सरकारको हचुवा निर्णय

२६ जेठ, काठमाडौं । जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्ध निर्वाचन आयोगले आन्दोलनकै चेतावनी दिएको छ । आयोगको चेतावनी अनुसार, सरकारले निर्णय नसच्याए आगामी १ साउनदेखि निर्वाचन कार्यालयबाट हुने सम्पूर्ण काम ठप्प हुनेछ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य मार्फत निर्वाचन कार्यालयलाई जिल्ला प्रशासनको इकाइका रुपमा सञ्चालन गर्ने घोषणा गरेको थियो […]