चुनावको कार्ड फ्याँकेको भन्दै गठबन्धनलाई एमालेको प्रश्न- गत वर्ष देखाएको अराजकताप्रति माफी माग्नु पर्दैन ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनलाई विभिन्न बहानामा पर धकेल्न सत्ता गठबन्धनले वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्ने कार्ड फ्याँकेको आरोप लगाएको छ ।  २०७९ वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्ने प्रस्ताव असल मनसायले नभई स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने र मुलुकमा राजनीतिक अन्योल सिर्जना गर्ने गलत नियतका साथ अगाडि सारिएको एमालेको निष्कर्ष छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतवार एक विज्ञप्ति प्रकाशित गरी जुनसुकै बेलामा पनि चुनावको सामना गर्न तयार रहेको तर स्थानीय तहको चुनाव सार्न नपाइने बता...