कर्णाली राजमार्गमा गुड्ने साना तथा ठुला यात्रुबाहक गाडीले अझै मनपरी भाडा असुलेको पाइएको छ । यातायात नियमावलीले तोकेभन्दा दोब्बर बढी भाडा असुल्ने गरेको पाइएको हो । कर्णाली राजमार्गमा गुड्ने साना तथा ठूला यात्रुबाहक सवारीले सम्मान भाडा लिने सम्झौता गरे पनि छिटो पु¥याउने भन्दै यातायात व्यवसायीहरूले भाडामा मनपरी गरेका छन् । विशेषगरी राजमार्गमा चल्ने साना गाडीका धनीले भाडामा निकै मनपरी गरेका छन् ।