एमालेले अब कुनै पार्टीसँग एकता गर्दैन : केपी ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेले अव कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् ।  बुधबार काठमाडौंमा युवा संघ अन्तर्गतको साइबर सर्कल घोषणा कार्यक्रममा ओलीले एमालेले एकता गर्नुपर्ने कुनै पार्टी नरहेको भन्दै अरु पार्टीमा रहेकाहरु एमालेमा भने आउन सक्ने बताएका हुन् ।   ओलीले माधव नेपालसँग गएका नेत…

सम्बन्धित सामग्री

एमालेले अब कुनै पार्टीसँग एकता गर्दैन : केपी ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेले अव कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् ।  बुधबार काठमाडौंमा युवा संघ अन्तर्गतको साइबर सर्कल घोषणा कार्यक्रममा ओलीले एमालेले एकता गर्नुपर्ने कुनै पार्टी नरहेको भन्दै अरु पार्टीमा रहेकाहरु एमालेमा भने आउन सक्ने बताएका हुन् ।   ओलीले माधव नेपालसँग गएका नेत…

माओवादी केन्द्रको आयु बढाउन भ्रम प्रचार गरियो : रायमाझी

काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रमा फर्कने संभावना नरहेको बताएका छन्।  माओवादी केन्द्रमा फर्कने समाचार केही संचारमाध्याममा आएपछि त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै नेता रायमाझीले आफू अहिले केपी ओली नेतृत्वको पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा रहेको उल्लेख गरे।  एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै रायमाझीले औपचारिक रुपमा विघटनको घोषणा मात्र गर्न बाँकी रहेको माओवादी केन्द्रको आयु बढाउन आफूहरुका बारेमा भ्रमपूर्ण प्रचार गरिएको रायमाझीले आरोप लगाए। ...

धर्मेन्द्र बास्तोलालाई रिहाइ गर्न २३ दलको माग

काठमाडौँ । नेकपा (मसाल) सहितका २३ राजनैतिक दल तथा सङ्घसंस्थाहरूले विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई तत्काल रिहाइ गर्न माग गरेका छन् । उनीहरूले गिरफ्तार नेता–कार्यकर्तालाई रिहाइ गर्दै वार्ताको पहल गर्न मागसमेत गरेका हुन् । २३ दलको तर्फबाट सी.पी. गजुरेलको हस्ताक्षरमा २०७७ माघ २ गते प्रेसवक्तव्य जारी गर्दै यस्तो माग गरिएको हो । प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ– “हामीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न र उक्त पार्टीमाथिको प्रतिबन्ध हटाउन माग गर्दै र केपी ओली सरकारलाई सुझाव दिँदै आएका छौँ । यदाकदा सरकारले वार्ताको प्रचार पनि गर्ने गरेको छ । तर, यही पुस २९ गते अपराह्न त्यस पार्टीका केन्द्रीय सचिवालयका नेता धर्मेन्द्र बास्तोलालगायतका चार जना नेतालाई गिरफ्तार गरिनुले सरकार दमनतिरै अग्रसर भएको देखिन्छ । हामी २३ राजनीतिक सङ्गठनको तर्फबाट गिरफ्तार नेता–कार्यकर्तालाई रिहाइ गरी वार्ताको बाटोबाट समस्याको समाधान खोज्न सरकारसँग माग गर्दछौँ ।” २३ राजनीतिक दल तथा सङ्घसंस्थाको कार्यगत एकतामा सम्मिलित सङ्गठनहरू यस प्रकार रहेका छन्– १. नेकपा (मसाल), २.नेकपा (क्रान्तिकारी–माओवादी), ३.नेकपा (माले), ४. राष्ट्रिय जनमोर्चा, ५. देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा (माओवादी–केन्द्र), ८. नेकपा (माओवादी–केन्द्र), ९. राष्ट्रिय जागरण मञ्च, १०. जनसमाजवादी पार्टी, ११. नेकपा (संयुक्त), १२. राष्ट्रिय जागरण परिषद नेपाल, १३. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १४. नेकपा (बोल्सेभिक), १५. राष्ट्रवादी केन्द्र नेपाल १६. एम.सी.सी. खारेज अभियान, १७. पुष्पलाल अध्ययन समाज, १८. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १९. माक्र्सवादी एकता अभियान, २०. नेकपा (माक्र्सवादी), २१. नेकपा माक्र्सवादी (पुष्पलाल), २२. नेकपा (माओवादी), २३. समाजवादी राष्ट्रिय मञ्च नेपाल ।