पूर्वयुवराज पारश शाह धेरैजसो पोखरामा बस्छन् । पोखराको लेकसाइडस्थित खहरेमा उनले घर भाडामा लिएका छन् । वैशाख १६ मा निषेधाज्ञा शुरु भएदेखि चाहिँ उनी काठमाडौंमै बसिरहेका छन् । काठमाडौंमा बस्दा उनी परिवारसँगै महाराजगञ्जस्थित निर्मल निवासमा बस्छन् । पछिल्लो समय पोखरा र काठमाडौंमा उनी चर्चामा आउने कारण बनेको छ– ‘मोटरसाइकल’ ।पारस अधिकांश समय बा.१४ च २१३१ नम्बरको जिपमा हिँडछन् । तर, कहिलेकाँही हिँड्ने मोटरसाइकलका कारण उनी पटक–पटक विवादमा तानिएका छन् । गत शुक्रबार साँझ ह