विप्लवको कारबाहीमा परेकाहरुको राष्ट्रिय भेला चितवनमा, औपचारिक फुटको घोषणा हुनसक्ने

काठमाडौं : नेत्रविक्रम चन्द विप्लवको कारवाहीमा परेका नेकपा माओवादीका नेताहरु चितवनमा आयोजित राष्ट्रिय भेलामा जुट्दैछन्। बुधवार धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’का नेताहरुको आयोजनामा चितवनमा राष्ट्रिय भेला हुन लागेको हो। राष्ट्रिय भेलाको स्थान भने खुलाइएको छैन। स्थानीय निर्वाचनलाई विप्लवले साथ दिने भएपछि नेकपा माओवादीभित्रै विरोध भएको थियो। 'विरोधमा उत्रेकालाई…