गभर्नरविरुद्ध कांग्रेस र माओवादीका विद्यार्थीको संयुक्त आन्दोलन, २४ घण्टाभित्र बर्खास्त गर्न अल्टिमेटम (भिडिओ)

गभर्नरविरुद्ध नेविसंघ र अखिल क्रान्तिकारीका कार्यकर्ता बालुवाटारमा घेराउ गर्न पुगेका थिए । क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र नेविसंघका अध्यक्ष डुजाङ शेर्पाले २४ घन्टाभित्र राजीनामा वा बर्खास्त नभएको खण्डमा गभर्नर बहिष्कार गर्ने तथा आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका हुन् ।