आइकनिक जिप र्‍यांग्लर नेपालमा सार्वजनिक

२३ असोज, काठमाडौं । नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आइकनिक अफरोडिङ एसयुभी जिप र्‍यांग्लर नेपालमा सार्वजनिक गरेको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नक्सालस्थित जिप सोरुममा आयोजित लन्च इभेन्टमा जिप र्‍यांग्लरलाई सार्वजनिक गरेका हुन् । विश्वमै सबैभन्दा चिनिएको जिप र्‍यांग्लर नेपालमा टु-डोर र फोर-डोर दुवैमा आउँछ । टु-डोर र्‍यांग्लर रुबिकन […]

सम्बन्धित सामग्री

आइकनिक जिप र्यांग्लर सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लुले आइकनिक अफरोडिङ एसयुभी जिप र्यांग्लर सार्वजनिक गरेको छ । नेपालका लागि अमेरिकी राजदूत र्यांण्डी बेरीले नक्सालस्थित जिप सोरुममा र्यांग्लर सार्वजनिक गरेका हुन् । विश्वमै सबैभन्दा चिनिएको जिप र्‍यांग्लर नेपालमा टु–डोर र फोर–डोर दुवैमा उपलब्ध हुनेछ । टु–डोर र्यांग्लर रुबिकन ट्रिममा उपलब्ध छ भने र्यांग्लर अनलिमिटेड पनि भनिने र्‍यांग्लर फोर डोर रुबिकन र सहारा गरी दुई ट्रिममा उपलब्ध छ। एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवालले नेपालमा र्यांग्लर ल्याउन सक्नु ठूलो उपलब्धी भएको बताए।आइकनिक डिजाइनर्यांग्लरमा टिपिकल जिपको लुक छ । र्यांग्लरको सेभेन स्लट ग्रिल, एईडी डीआरएलसहितको ठूलो गोलो हेडल्याम्प, वर्गाकारको एलईडी टेल ल्याम्प, फोल्ड डाउन विन्ड शिल्ड, रिमुभेबल हार्ड रुफ एन्ड डोरले यसलाई आइकनिक बनाएको छ। यसको डिजाइन सन् १९४१ को जिपको पहिलो एसयुभी विलिस एमबीबाट प्रभावित छ। यसमा यसमा १७ इन्चको ट्रेपेजोइडल ह्विल आर्क रहेको छ। यी सबैलाई र्‍यांग्लरलाई संसारमै सबैभन्दा बढी चिनिएको गाडी बनाएको हो। मोस्ट क्यापेबल एसयुभीअटोमोबाइल इतिहासमै सबैभन्दा क्षमतायुक्त ४ बाई ४ एसयुभी, जिप र्यांग्लरमा ट्रेल–रेटेड ब्याज छ जसले यसको प्रभावशाली अफरोड क्षमतालाई दर्शाउछ। जिप र्यांग्लरलाई २.० लिटरको टर्बोचाज्र्ड पेट्रोल इन्जिनले उर्जा दिन जसले २०१ किलोवटा पावर र ४०० एनएम टर्क उत्पन्न गर्छ। यो इन्जिनमा ८ स्पिड अटोमेटिक ट्रान्समिसन रहेको छ। र्यांग्लरको रुबिकन ट्रिममा रकट्रयाक ४ बाई ४ सिस्टम रहेको छ जसले जस्तोसुकै भुबनोटमा पनि गाडीलाई अघि बढिरहन मद्दत गर्छ। र्यांग्लरको ग्राउन्ड क्लेरेन्स २१७ एमएम ररहेको छ। प्रिमियम इन्टेरियर र्यांग्लरको इन्टेरियरलाई हेर्ने हो भने यसमा लेदर ड्यासबोर्ड, लेदर सिट र लेदरले र्याप गरिएको मल्टिफंक्सन स्टिरिङ ह्विल, गरियर सेलेक्टर, ट्रान्सफर केस र पार्किङ ब्रेक रहेको छ। यसमा एप्पल कार प्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीसहितको ८.४ इन्चको युकनेक्ट टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्मट रहेको छ। साथै यसमा ७ इन्चको ड्राइभर इन्फोर्मेसन डिस्प्ले, डुअल जोन एअर कन्डिसनिङ, इन्जिन स्टपरस्टार्ट, क्र्युज कन्ट्रोल, एम्बियन्ट लाइटिङ एन्ड वेदर फ्रुफ पुस(बटन स्टार्ट पनि रहेको छ।सर्वोत्कृष्ट सेफ्टी फिचरर्यांग्लरमा ७५ प्यासिभ र एक्टिभ सेफ्टी फिचर छन्। त्यसमध्ये केही पार्क असिस्ट सिस्टम, रियर ब्याक अप क्यामेरा, इएससी, टीएससी (ट्रेलर स्वे कन्ट्रोल), एचएसए (हिल स्टार्ट असिस्ट), एचडीसी (हिल डिसेन्ट कन्ट्रोल), ईआरएम (इलेक्ट्रोनिक रोल मिटिगेसन) र टीपीएमएस (टायर प्रेसर मनिटरिङ सिस्टम) हुन्। मूल्यजिप र्यांग्लर रुबिकनः २ करोड ६९ लाख जिप र्यांग्लर अनलिमिटेड सहाराः २ करोड ६७ लाख जिप र्यांग्लर अनलिमिटेड रुबिकनः २ करोड ७९ लाख