अक्सिजन र खोप आपूर्तिमा सहयोग गर्न एशियाली राष्ट्रसँग प्रधानमन्त्री ओलीको आग्रह

 प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ लाई परास्त गर्न एकीकृत प्रयास आवश्यक रहेको बताएका छन्  ।  फिउचर अफ एशियासम्बन्धी २६ औं अन्तर्राष्ट्रिय सम्मेलनको भर्चुअली सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भने– “एक अर्कासँग जोडिएको विश्वमा सबैजना सुरक्षित नरहेसम्म कोही सुरक्षित रहन्न ।” उनले कुनै एक सरकार वा समाज मात्रैको प्रयासबाट कोभिड १९ रुपी संकटबाट पार पाउन अपर्याप्त हुने बताए । प्रधानमन्त्री ओलीले कोभिड १९ लाई परास्त गर्न सबैका लागि समग्र क्षेत्र र समग्र विश्वकै एकीकृत प्रयासको आवश्यकता औंल्याउनु...