कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने सुनाखाडामा काम गर्ने नेपाली सेना र सर्वसाधारणलाई कोरोनाविरुद्धको बुष्टर डोज लगाउने काम भएको छ । निर्माण कार्यमा खटिएका सेना र सर्वसाधारणले बुस्टर तथा दोस्रो मात्राको खोप लगाएको जानकारी पाएएपछि गाउँपालिकाले कार्यस्थलमै गएर खोप लगाउने व्यवस्था गरेको हो ।